FAQs Complain Problems

योजनाको अन्तिम किस्ता माग्दा के के कागज पत्रहरु आवश्यक पर्छ ?

उत्तर : १.सम्बन्धित वडा कार्यालयबाट अन्तिम किस्ताको लागि सिफारिस

२.सार्वजनिक लेखा परिक्षण माइन्यूट र सार्वजनिक परीक्षण फारम नियमानुसार भरिएको

३.उपभोक्ता समितिले अन्तिम किस्ताको लागि माग गरेको निर्णयको प्रतिलिपि

४.खर्च गरेको बिल भरपाई

५.काम सुरु अघि, काम गर्दा र सकिएपछिको फोटो

६.अन्तिम किस्ता पाउँ भन्ने बेहोराको सम्बन्धित उपभोक्ता समितिको निवेदन

७.प्राविधिक शाखाबाट बनाईएको अन्तिम भुक्तानी बील ।